कुमारी बैंकका कामु सीईओ तिमिल्सिनालाई बैंक बाहिर बस्न आग्रह
काठमाडौं । कुमारी बैंकका कामु प्रमूख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनालाई केही समयका बैंक बाहिर बस्न आग्रह गरेको छ । केन्द्रिय बैंक र केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले संयुक्त रुपमा अनुसन्धान गरिरहेको हुँदा केही समयको लागि बाहिर बस्न भनेको हो ।
अनुसन्धानमा बाधा नपरोस भन्ने हेतुले बैंक सञ्चालक समितिले कामु सीईओ तिमिल्सिनालाई केही समय बैंकबाट बाहिर नै रहेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।
त्यस्तै, बैंकको सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालाई पनि बैंकको जिम्वेवारीबाट केही समयको लागि बाहिर रआग्रह गरेको हो । बैंकले हाललाई कार्यवाहक प्रमुख कार्यकारीको जिम्मा प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनाललाई दिएको छ । दुबै जना २० दिनदेखि बिदामा रहेको स्रोतले जनाइको छ ।
















