सानिमा बैंकका सिईओ दहाल अवकाश हुदैं, माघदेखि पाण्डेलाई सिईओ बनाउन डेपुडी सिईओमा बढुवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सानिमा बैंकका सिईओ दहाल अवकाश हुदैं, माघदेखि पाण्डेलाई सिईओ बनाउन डेपुडी सिईओमा बढुवा



काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन् । त्यसलगत्तै १२ गतेदेखि निश्चलराज पाण्डेलाई नियुक्त गर्ने बैंक स्रोतले जनाएको छ ।

बैंकको व्यवस्थापन सम्हाल्दै आएका पाण्डेलाई सिईओ बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी सिईओमा बढुवा गरेको छ ।पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन् । नबिल बैंकबाट करियर सुरु गरेका उनी ८ वर्षअघि सानिमा बैंक गएका हुन् ।

दहालभन्दा एक तह तल अर्थात नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा तेजबहादुर चन्द छन् । उनी लामो समयदेखि सानिमा बैंकमा छन् । चन्दलाई छाडेर बैंक सञ्चालक समितिले पाण्डे सिईओ बनाउन डेपुटि सिईओमा बढुवा गरेको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्