नेपालमा पहिलो पटक कुमारी बैंकले शुरु गर्यो फोनलोन ईएमआई भुक्तानी सेवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालमा पहिलो पटक कुमारी बैंकले शुरु गर्यो फोनलोन ईएमआई भुक्तानी सेवा



काठमाडौं । कुमारी बैंकले फोनलोन ईएमआईमा आधारित भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । कुमारी बैंकले ग्राहकहरुको दैनिक रुपमा भईरहने खर्च व्यवस्थापन गर्न सहज होस भनेर गतवर्ष देखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो ।

फोनलोन कर्जामा थप सुविधा पुर्याउन कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा EMI (ई.एम.आई) मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको हो । सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा संचालन गरेको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सकिन्छ ।

सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताए ।

बैंकले सञ्चालन गरेको उक्त योजनामा फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ ।

उक्त प्रविधिले क्यूआर भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि BNPL लोकप्रिय हुनसक्ने एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले बताउँछन् । आगामी दिनमा फोनेलोअनलाई अझ बिस्तारित र विकसित गर्दै लैजाने कुमारी बैंकका डिजिटल बैंकिङ्क प्रमुख अनिष ताम्राकारले बताए ।

बैंकले देशव्यापी १९६ शाखा, १७७ एटिएम, ३६ शाखारहित बैंकिङ्क इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत सेवा सुविधा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्