लक्ष्मी बैंकका दुई नँया शाखा र एक एक्स्टेन्सन काउण्टर सञ्चालनमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लक्ष्मी बैंकका दुई नँया शाखा र एक एक्स्टेन्सन काउण्टर सञ्चालनमा



काठमाडौं । लक्ष्मी बैंकले २ वटा नँँया शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका १ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ५ को उर्लाबारी चोकमा शाखा विस्तार गरेको हो ।

त्यस्तै, बैंकले ९ औं एक्स्टेन्सन काउन्टर जाजरकोटको बारेकोट गाउँपालिका ८ स्थित सेपुखोलामा स्थापना गरेको छ । यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकका ५० जिल्लामा १४० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र ५ वटा हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २ हजार ५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्