नबिल बैकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक, कम्प्युटराइज्डबाट शुरु भएको यात्रा डिजिटल बैंकसम्म
काठमाडौं । नबिल बैकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत बैंकका ग्राहकहरूले एकद्वारमार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात गरेका हुन् । कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने डिजिटल बैंकको रुपमा विकास भएको सीईओ शाहले बताए । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको दाबी गरेको छ । विभिन्न उपलब्धी मध्ये नबिल डिजिबैंक पनि एक हो । वृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट बैंकका २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले ‘नबिल डिजिबैंक पोर्टल’मार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको सीईओ शाहले बताए ।
‘नबिल डिजिबैंक पोर्टल’मा अनलाइन फिक्स्ड डिपोजिट, डेबिटरक्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल र एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै वैकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाइसी छनोट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, नविल भर्चुअल आईकार्ड नविल स्मार्टबैक एप भित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भचअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेका) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।
सीईओ शाहले नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा नबिल डिजिबैक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भुक्तानी, यावा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए ।













