एभरेष्ट बैंकले मूख्य व्यवस्थापकहरुको तलब ४१ लाख रुपैयाँले घटायो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एभरेष्ट बैंकले मूख्य व्यवस्थापकहरुको तलब ४१ लाख रुपैयाँले घटायो



काठमाडौं । एभरेष्ट बैंकले मूख्य व्यवस्थापकहरुलाई दिने तलब सुविधामा ४१ लाख रुपैयाँले घटाएको छ । बैंकले गत बर्ष ४ करोड ११ लाख रुपैयाँ तलब सुविधा दिएकोमा यसपाली ३ करोड ७० लाख रुपैयाँ मात्र दिएको हो ।

उक्त मुख्य ब्यवस्थापकका रुपमा प्रमुख कार्यकारीको भूमिकामा बसेर काम गरेका डा. सुधिर कुमार, गजेन्द्रकुमार नेगी, नायव महाप्रबन्धक गौरव कुमार र गिरिस कोहलीका साथै सहायक महाप्रबन्धक केशव पौडेल र आशुतोष शर्माले यो पारिश्रमिक बुझेका हुन् ।

त्यस्तै बैंकले आफ्ना कर्मचारीलाई ६४ करोड २२ लाख रुपैयाँ तलब दिएको छ । अलाउन्स सुविधा २८ करोड ३० लाख रुपैयाँ, अन्य सुविधासमेत गरेर कुल एक अर्ब ३२ करोड ७९ लाख रुपैयाँ दिएको छ । नाफाबाट बोनस २८ करोड ३१ लाख रुपैयाँ दिएको हो ।

बैंकले पुस १ गते बार्षिक साधारणसभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्