लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन



काठमाडौं । लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनसको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर २७ गते बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १३ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ४२९.६५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

आइतबार बैंकको सेयर प्रतिकित्ता ४८५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोमबार अर्थात मंसिर २७ गते समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार सुरु हुने भएको छ ।

बैंकले गत आवबाट चुक्ता पूँजीको १३ प्रतिशतका बोनस र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्