५ अर्ब गायब भयो निक्षेप, ७ अर्बले बढ्यो कर्जा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ अर्ब गायब भयो निक्षेप, ७ अर्बले बढ्यो कर्जा



काठमाडौं । बैंकहरुमा निक्षेप निरन्तर घट्दै गएको छ । वाणिज्य बैंकहरुको निक्षेप घट्दा कर्जा लगानी बढेको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा गिरावट आएको छ । पछिल्लो चार सातामा वाणिज्य बैंकहरुको १२ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको हो । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार कात्तिक मसान्तदेखि मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको हो ।

त्यस्तै, पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो । एनबिएको तथ्याङ्क अनुसार मंसिर १७ गते ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा मंसिर २७ गतेसम्ममा ५ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको हो ।

त्यस्तै, पछिल्लो चार सातामा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले मंसिर २४ गतेसम्म आईपुग्दा ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । त्यस्तै, एक पछिल्लो एक सातामा ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । मंसिर १७ गते ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले मंसिर २४ गतेसम्म ४० खर्ब ७७ अर्ब रुपैयाँ लगनी गरेका छन् ।

एनबिएले पठाएको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा निक्षेप संकलन घटेको देखाएको छ भने कर्जा लगानी बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्