१२ लाख कित्ता आइपिओ निष्कासन गर्न इष्टर्न हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति
काठमाडौं । १२ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गर्न इष्टर्न हाइड्रोपावरले अनुमति मागेको छ । शुक्रवार कम्पनिले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० कित्ता आइपिओ निष्कासन गर्न नियमक निकाय नेपाल धितो पत्र बोर्डसँग अनुमति माग गरेको हो ।
बोर्डले अनुमति दिएपछि कम्प निले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने कम्प निले जनाएको छ ।
कम्पनिको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













