बिना लाभांश न्यादी हाइड्रोपावरले बोलायो १४ औँ साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिना लाभांश न्यादी हाइड्रोपावरले बोलायो १४ औँ साधारण सभा



काठमाडौँ । बिना लाभांश न्यादी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनिले पुस २८ गते बुधबार १४ औँ साधारण सभा बोलाएको हो ।

असोजमा प्राथमिक शेयर आइपिओ निष्कासन गरेको कम्पनिले  शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ  । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, नियमावलीको नियम संशोधन गर्ने र सञ्चालकको बैठक भत्ता पुनरावलोकन गर्ने लगायत प्रस्तावहरू सभामा पेस गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनिले पुस १८ गते आइतबारदेखि २८ गतेसम्म बुक क्लोज  गर्ने छ । तसर्थ पुस १७ गतेसम्म कायम सेयर धनीहरूले साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्