नेप्सेमा सकारात्मक सर्किट, ६ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार बन्द भयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा सकारात्मक सर्किट, ६ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार बन्द भयो



काठमाडौं । नेप्सेमा दोस्रो पटक सकारात्मक सर्किट लागेपछि आजको लागि कारोबार बन्द भएको छ । आज मंगलबार कारोबार सुरु भएको १ घण्टा ४५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको थियो ।

४० मिनेटपछि बजार खुलेपछि फेरी शेयर बजारमा ६ प्रतिशतको सकारात्म सर्किट लागेकाले मंगलबारको लागि कारोबार बन्द भएको छ ।

यस दिन नेप्से १३७ अंकले बढेर परिसुचक २४१८.८४ अंकमा पूगेर बजार बन्द भएको छ । यस दिन १ अर्ब ८४ करोड २६ लाख ४७ हजारको कारोबार भएको हो । यस दिन सबै समुहमा हरियाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस्