२२ कार्तिक २०८३, आइतबार

कृषि विकास बैंकको ९४ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । आज मंगलबार नेप्सेले बैंकको ९४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र सूचीकृत गरेको हो ।

बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी ८ वर्षको लागि बिक्री गरेको ६० लाख कित्ता कृषि ऋणपत्र र ९ वर्ष अवधिका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्कासन गरेको ३४ लाख २६ हजार ९ सय ७५ कित्ताको २ वटा ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृत दुबै ऋणपत्र भोलीबाटै धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।