बुटवल पावरले गर्यो २० प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुटवल पावरले गर्यो २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कमपनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तविल लाभांश पुस २६ गते हुने कम्पनिको साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् । कम्पनीले पुस २६ गते सोमबार रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौँमा साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज मिति तय गरेको छ । तसर्थ पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले प्रस्तावित लाभांश पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्