बुटवल पावर कम्पनीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुटवल पावर कम्पनीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीकमा मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले पुस २६ गते सोमबार आफ्नो रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुने भएको छ ।

साधारण सभा प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्