शेयर बजार डुबाउनलाई प्रचण्डले साम्राज्यवादीको विकसित रूप भनेका हुनसक्छ : अध्यक्ष ओली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर बजार डुबाउनलाई प्रचण्डले साम्राज्यवादीको विकसित रूप भनेका हुनसक्छ : अध्यक्ष ओली



काठमाडौँ । शेयर बजार डुबाउनलाई प्रचण्डले पुजी बजारलाई साम्राज्यवादीको विकसित रूप भनेको ओलीले बताएका छन् । आज एमालेका ४४ केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै उनले शेयर बजार डुबाउन साम्राज्यवादीको विकसित रूपको संज्ञा पुजी बजारलाई दिएको हुनसक्ने नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले बताए ।

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको लगानी पुजी मै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रूप रहेको भनी  अभिव्यक्ति दिएका थिए । त्यसपछि दुई दिन शेयर बजारमा भारी गिरावट आएको थियो ।
लाखौँ लगानीकर्ता भएको नेपाली पुँजी बजारबारे प्रचण्डले हचुवाको भरमा बोलेको उनले बतएका छन् । । ‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यर्सको रिसमा प्रचण्डले गलत बोले ’ ओलीले भने ।

ओलीले प्रचण्डलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दै शेयर बजारलाई साम्राज्यवादीको विकसित रूप भनेको आरोप लगाएका हुन । लेनिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ,’ भनेका थिए ‘तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रूप नै भनिदिए यो गलत छ’ एमालेका ४४ केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा ओलीले भनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्