आज तीन लघुवित्तको शेयर मूल्य समायोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज तीन लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं । बिहीबार तीन लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सपोट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार तीनवटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार सपोट लघुवित्तको ३० प्रतिशत, सूर्योदय लघुवित्तको २० प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोन पछि नयाँ मूल्य निर्धारण गरेको हो ।

जस अनुसार सपोट लघुवित्तको १ हजार ७६९.२३ रुपैयाँ, सूर्योदय लघुवित्तको १ हजार ४२७.५० रुपैयाँ र वोमी लघुवित्तको १ हजार ३४०.८३ रुपैयाँ कायम गरिएको छ ।

शेयर मूल्य समायोजन अघिल्लो दिन अर्थात बुधबारको मूल्यलाई आधार मानेर गरिएको हो । सपोट लघुवित्तले प्रतिकित्ता २ हजार ३०० रुपैयाँ, सूर्योदय लघुवित्तले प्रतिकित्ता १ हजार ७१३ रुपैयाँ र वोमी लघुवित्तले प्रतिकित्ता १ हजार ६०९ रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो ।

बिहीबार समायोजन भएको मूल्यलाई आधार मानेर तीनवटै लघुवित्तको सो मूल्यमा कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्