नेपाल बैंकको साधारण सभा पुस २ गते, १७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल बैंकको साधारण सभा पुस २ गते, १७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने



काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते शुक्रवार ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्र्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १७ प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ ।

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ । बोनस पश्चात यो पूँजी रू. १४ अर्र्ब ४० करोड ५९ लाख ४ हजार पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहंरु मात्र बैंकको यस वर्षको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस्