तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?



काठमाडौँ । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । आज बिहीबार २ बैङ्क र १ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस ४ गते साधारण सभा तथा लाभांश वितरण प्रार्थना लागि सनराइज बैङ्क, प्रभु बैङ्क र मनकामना स्मार्ट लघुवित्तले बुकक्लोज गदै छन् । तसर्थ आजसम्म कायम भएका सेयर धनीहरूले प्रस्तावित लाभांश पाउनेछन् ।

मनकामना स्मार्ट लघुवित्त 

लघुवित्तले १७ प्रतिशत लाभांश पारित गर्न पुस १९ गते, दिउँसो २ बजे, होटेल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस ४ गतेदेखि ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

सनराइज बैङ्क

बैंकले ६.६५ प्रतिशत लाभांश पारित गर्न पुस १५ गते आम्र पाली बैंक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत लाभांश पारित गर्ने छ ।लाभांश तथा साधारण सभा प्रयोजनको लागि बैङ्कले पुस ४ गते आइतबारबाट बुक क्लोज गर्ने छ । तसर्थ आजसम्म कायम भएका सेयर धनीहरूले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रभु बैङ्क

प्रभु बैङ्कले चुक्ता पुँजीको १२ प्रतिशत लाभांश पारित गर्न पुस १८ गते, आइतबार बिसौँ वार्षिक साधारण सभा बोलाएको छ । बैङ्कको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने सभाले प्रस्तावित लाभांश पाउने छन् । साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैङ्कले आइतबार बुक क्लोज गर्ने छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्