प्रचण्डले सच्याए आफ्नो बोली, शेयर लगानिकर्ताको हितमा छुँ भन्दा आज बजार बढ्ला ?
काठमाडौँ । शनिवार सेयर बजारप्रति आफूले बोलेको बोलीको बजारमा सर्वत्र विरोध भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बोली फिर्ता लिएका छन् । प्रचण्डको बोलीप्रति बजार निरन्तर ओरालो लागेपछि प्रचण्डले शेयर बजार प्रतिको आफ्नो बोली सच्याएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू शेयर लगानीकर्ताको हितको पक्षमा आफ्नो पार्टी रहेको भन्दै बोली फेरेका हुन ।गत शनिवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको सम्मेलनमा बोल्दै प्रचण्डले पुँजीको लगानी पुजी मै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रूप रहेको भनी अभिव्यक्ति दिएका थिए । त्यसपछि शेयर बजारमा २ दिन भारी गिरावट आएको थियो । भने लगानीकर्ताहरूले उनकै कारण बजार ओरालो लागेको भन्दै विरोध जनाएका थिए ।
आज फेरी एक विज्ञप्ति जारी गदै प्रचण्डले लाखौँ शेयर लगानीकर्ताको हितमा माओवादी केन्द्र रहेको बताए । ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रचण्डको बोली फेरिए पनि शेयर बजार बढ्न सकेको छैन । यो समाचार तयार पार्दासम्म शेयर बजार ३१ अंकले ओराले लागेर बजार राताम्मे भएको छ ।













