१ लाख ३२ हजार आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न खप्तड लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । आइतबार बसेको संचलक समितिको बैठकले देस्रो साधारण सभा पुस २४ गते होटल नमस्ते, अत्तरीयामा विहान १० बजेबाट गर्ने निर्णय गरेको हो ।
लघुवित्तको दोसो साधारण सभाले संचलक समितिले प्रस्ताव गरेबमोजीम १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने छ । यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत साधारण सभामा पेश हूने छ ।
लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव समेत साधारण सभामा पेश हुने छन् ।
लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न प्रभु क्यापीटललाई शेयर निष्काशन तथा विक्रिी प्रबन्धकमा नियुक्त गरेको छ ।













