हिमालयन बैंकद्धारा २४ जना विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी सामान प्रदान गर्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकद्धारा २४ जना विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी सामान प्रदान गर्यो



काठमाडौं । हिमालयन बैंक लि., कावासोती शाखाद्वारा स्थानीय श्री शिव नमुना मा.बि. मा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो । विद्यालयको वार्षिकोत्सवको अवसरमा मिति २०७८ मंसिर ३० गते, आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्