आरटीजीएस प्रणालीमा जोडिए ७ वटा संस्था - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आरटीजीएस प्रणालीमा जोडिए ७ वटा संस्था



काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा वित्तीय संस्थाहरू जोडिएका छन् । विभिन्न ७ वटा वित्तीय संस्थाहरु आरटिजीएस प्रणालीमा जोडिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पौष १ गतेदेखि लागु हुने गरि १ विकास बैंक र ६ फाइनान्स कम्पनी डाइरेक्ट पार्टीसिपेन्टको रुपमा आबद्ध भएको राष्ट्र बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, र रिलायन्स फाइनान्स आरटिजीएस प्रणालीमा आबद्ध भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्