स्थिर कर्जाको ब्याजदर परिवर्तन नगर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थालाईलाई ऋणीको सहमतिबिना कुनै पनि कारण देखाएर स्थिर कर्जाको ब्याजदर परिवर्तन नगर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले ३ बुँदे निर्देशन जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने छ । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न पाइने छैन ।












