नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













