नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्