१ प्रतिशत घटाएर सेन्चुरी बैङ्कले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१ प्रतिशत घटाएर सेन्चुरी बैङ्कले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?



काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्कको लाभांश घोषणा भएको छ । आज बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण  गर्ने निर्णय भएको कम्पनीले नेप्सेलाई उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृत भई बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैङ्कले ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा यो १ प्रतिशत कम हो ।


प्रतिक्रिया दिनुहोस्