प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गर्यो
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनानसले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
हिजो बसेको संचालक समितिको बैठकले ७ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि लघुवित्तले आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।













