लाभांश पारित गर्न नेपाल हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाभांश पारित गर्न नेपाल हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल हाइड्रो डेभलपरले आफ्नो वार्षिक सधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव परित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको पौष १ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा पौष २८ गते दिउँसो ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्च्युअल माध्यमबाट बोलाएको हो ।

कम्पनीको सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गनपारित गर्नेछ ।

त्यस्तै, अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्नेछ ।

त्यस्तै, कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पौष १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउनेछन् भने साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्