नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत शेयर खरिदकर्तासँग दुईवटा अप्सन खुला छन्ः सीईओ ढुंगाना
काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंक एक्लै चल्न सक्ने बताएका छन् । मर्जर अहिलेको आवश्कता हुँदा ठूलो बैंक भए् ब्यापार ठूलो र रिक्स म्यानेज गर्न सकिने सीईओ ढुंगानाले बताउँछन् । अर्थपथसँग कुरा गर्दै सीईओ ढुंगानाले भने, “मर्जर समयको माग हो, ठूलो बैंक भइदिए व्यापार गर्न सजिलो र ठूलो बैंक भैदिए रिक्स म्यानेज गर्न पनि सजिलो हुने भन्ने हो, बैंक एक्लै चल्नै सकेन भन्ने होइन, चल्न सक्छ ।”
नेपाल बंगलादेश बैंकमा ४१ प्रतिशत शेयर बंगलादेशको आईएफसी बैंकको रहेको छ । बैंकमा कुनै निर्णय गर्नुपर्दा आईएफसी बैंक निर्णय मुख्य हुने गर्दछ । आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको छ । बैंक कसरी चलाउने भनेर बैंकको भविष्य उक्त शेयर किन्ने ब्यक्तिको हातमा रहेको सीईओ ढुंगाना बताउँछन् ।
“४१ प्रतिशत शेयर आईएफसीको रहेकाले उहाँहरूको निर्णय मुख्य हुन्छ, आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको छ, भोलिको शेयर किन्ने मान्छेले बैंकलाई कसरी चलाउने, एक्लै लैजाने (चलाउने) की कुनै अर्को ठूलो बैंकसँग मर्जर गरेर जाने भन्ने आईएफसी शेयर खरिदकर्ताको निर्णयमा भर पर्छ” सीईओ ढुंगानाले भने, “त्यसमा हामी खुला छौँ, हामीभन्दा राम्रो बैंक पायो भने मर्ज तथा एक्वीजिशनमा जान पनि तयार छौँ, वा बैंकले म आफैं स्पेसिक प्रपोटीलाई लिएर अगाडी बढ्छु भन्न पनि सक्छ, त्यो अवस्थामा पनि बैंक रहेको छ, यो दुईवटा अप्सन खुला छन् ।
विजनेश, स्ट्राटेजी, कष्ट अफ फण्ड, बेस रेट, कस्टमर हेरेर एनबी बैंक एक्लै चल्न सक्ने उनको भनाई छ । तर, बजार दिनप्रतिदिन प्रतिस्पर्धात्मक हुँदै गएकाले रिस्कहरूमा ठूलो खर्च गर्नुपरेको उनले बताए । डिजिटाईजेशनमा जाँदाखेरि बैंकले ठूलो लगानी गर्नुपरेको सीईओ ढुंगानाको जिकिर छ । कस्टमरको चेतनाले गर्दा बैंकहरूको स्प्रेड दिनानुदिन घट्दै गएको उनले बताए ।
कुनै बेला राष्ट्र बैंकले दिएको ४.४ स्प्रेड कुनै पनि बैंकको नरहेको स्मरण गर्दै सीईओ ढुंगाना भन्छन्, “हिजो हामी ४.४ कम भयो भन्थ्यौँ, अहिले त्यो घटेर अढाई, ३ मा छ, भोलिका दिनमा यो अझै खुम्चिँदै जाने हो भने ठूलो बेसको क्यापिटल छ र रिटर्न राम्रो दिन सकिँदैन, त्यसकारण सिनर्जीमा बेनिफिट हुन्छ भने मर्जमा जानुपर्छ ।” तर बैंक एक्लै सस्टेन हुन सक्ने उनले दाबी गरे । केही वर्ष विजनेश ग्रोथ कम र रिटर्न कम भएपनि बैंक एक्लै चल्न सक्ने उनको दाबी छ ।













