एनआईबिएल बैंकसँग मर्जमा जाने हिमालयन बैंकको अन्तिम निर्णय, पौष ३० गते साधारण सभा बोलायो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआईबिएल बैंकसँग मर्जमा जाने हिमालयन बैंकको अन्तिम निर्णय, पौष ३० गते साधारण सभा बोलायो



काठमाडौं । हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको छ । हिमालयन बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको हो ।

एनआईबिएल बैंकसँग मर्जरमा जाने सञ्चालक समितिको बैठकले अन्तिम निर्णय गरेको र पौष ३० गते वार्षिक साधारण सभा बोलाएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले जानकारी दिए । हिमालयन बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय सर्वसम्मतिले पारित भएको हो ।

मर्जरको लागि भन्दै राष्ट्र बैंकसँग दुई पटक समय थप माग गरेको थियो । राष्ट्र बैंक पनि लचिलो बन्दै समय थप गरेको थियो । हिमालयन बैंकको वार्षिक साधारण सभामा मुख्य एजेण्डा लाभांश पारित गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ । दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्