१७ अंकले घट्यो नेप्से, २ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से १७ अंकले घटेको छ । यस दिन बजार १७.९३ अंकले ओरालो लागेर नेप्से परिसुचक २३५८.८१ अंकमा पुगेर बजार बन्द भएको छ ।
आज माईक्रोफाइनान्स र उत्पादन बाहेकका सबै सुमुह घटेर राताम्मे भएको छ । दिनभर २ सय ३१ कम्पनिको ५ करोड ४९ लाख ९ हजार ८७ कित्ता शेयर ३७ हजार ३ सय ६७ पटक किनबेच हुदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ कित्ता शेयर किनबेच भएको छ ।
आज गोर्खाज फाइनान्स र हिमालय डिस्टीलरीका लगानिकर्ताहरुले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी माउन्टेन ईन्रर्जी नेपालका लगानिकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।














