कृषि विकास बैंकको अध्यक्षमा केसीले लिए गभर्नर अधिकारीबाट शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि विकास बैंकको अध्यक्षमा केसीले लिए गभर्नर अधिकारीबाट शपथ



काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष केसीले शपथ ग्रहण गरेका छन् । बैंक संचालक समितिको अधयक्षमा नियुक्त भएका रमेशकुमार केसिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग पथ तथा गोपनियताको शपथ लिगेका हुन ।

केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । उनीसंग नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपुर्ण काम गरेको अनुभव रहेको छ ।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु क्रमशः डा निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कुषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय लगायतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्