५ बर्षमा एनएमबि बैंकका सीईओ केसीको तलव तथा पारिश्रमिक ७ करोड रुपैयाँभन्दा बढी, कुन बर्षमा कति ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी अनुभवी बैंकर हुन् । सीईओ केसी विगत ५ वर्षदेखि एनएमबि बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । ३ दशकभन्दा बढी बैंकिङ अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करिअर सुरु गरेका थिए । एनएमबी बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका हुन् ।
सीईओ केसीले ५ बर्षको अवधिमा ७ करोड रुपैयाँ भन्दा बढी तलव तथा पारिश्रमिक बुझेका छन् । सीईओ केसीको कार्यकाल गत चैत्रदेखि थप भएको हो । बैंकले उनलाई आगामी ४ बर्षको लागि दोस्रो कार्यकालको सीईओ पदको जिम्मेवारी दिएको हो । यसअघि उनको पहिलो कार्यकाल गत चैत्रमा नै सकिएको थियो ।
उनले बैंकको सीईओ पद सम्हालेदखि गत असाढ मसान्तसम्मा तलव, संचय कोष, भत्ता, बोनस तथा वेलफेयर र अन्य सुविधाबापत ७ करोड १४ लाख ३५ हजार ५९७ रुपैयाँ तलव तथा पारिश्रमिक बुझेका छन् । बैंकले सार्वजनिक गरेको प्रत्येक बर्षको वार्षिक प्रतिवेदनका आधारमा सीईओ केसीले यति रकम बुझेका हुन् ।
सीईओ केसीले गत आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ तलव तथा भत्ता बुझेका छन् । सीईओ केसीले तलव बापत ६९ लाख ३६ हजार रुपैयाँ, संचय कोषवापत ६ लाख ९३ हजार ६ सय रुपैयाँ, भत्ता वापत ६६ लाख ९४ हजार, बोनस तथा वेल्फेयर वापत २९ लाख ८५ हजार ७०५ रुपैयाँ र अन्य १ लाख ८३ रुपैयाँ गरी कूल १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ बुझेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा सीईओ केसीले वार्षिक १ करोड ७५ लाख २८ हजार ३०५ रुपैयाँ तलब भत्तावापत बुझेका थिए । अघिल्लो आर्थिक वर्ष सीईओ केसीले तलव बापत ५९ लाख ४ हजार रुपैयाँ, संचय कोषवापत ५ लाख ९० हजार ४ सय रुपैयाँ, भत्ता वापत ५२ लाख ४८ हजार रुपैयाँ, बोनस तथा वेल्फेयर वापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य २ लाख ९ हजार ९०५ रुपैयाँ गरी कूल १ करोड ७५ लाख २८ हजार ३०५ रुपैयाँ बुझेका थिए ।
त्यस्तै, सीईओ केसीले आर्थिक बर्ष २०७५–७६ मा १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलव तथा भत्ता बुझेका थिए । आर्थिक वर्ष २०७५–७६ मा सीईओ केसीले तलव बापत ५९ लाख ४ हजार रुपैयाँ, संचय कोषवापत ५ लाख ९० हजार ४ सय रुपैयाँ, भत्ता वापत ५२ लाख ४८ हजार रुपैयाँ, बोनस तथा वेल्फेयर वापत ४७ लाख ३७ हजार ६०९ रुपैयाँ र अन्य २ लाख ८ हजार ८६० रुपैयाँ गरी कूल १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ बुझेका थिए ।
त्यस्तै, आर्थिक बर्ष २०७४–७५ मा सीईओ केसीले १ करोड ६३ लाख २२ हजार ३९५ रुपैयाँ तलव तथा भत्ता बुझेका छन् । त्यसैगरि आर्थिक बर्ष २०७३–७४ मा सीईओ केसीले ३४ लाख ८६ हजार ६४० रुपैयाँ मात्रै तलव तथा भत्ता बुझेका छन् ।














