नेपाल एसबिआई बैंक ५.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल एसबिआई बैंक ५.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल एसबिआई बैंकको साधारण सभा तथा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पौष ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल एसबिआई बैंक लिमिटेडको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशतका दरले बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यस्तै, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह) विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८–०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्