पञ्चकन्या माईले एकै पटक डाक्यो तीन बर्षको साधारण सभा
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले पुस २८ गते, कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा चौथो, पाँचौं तथा छैठौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट जुम एप मार्फत सञ्चालन गरिने भएको छ ।
सभाले कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ (महिलासमेत) सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।













