नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । आज (पौष ७ गते, बुधरबा) देखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले हाल कायम चुक्ता पुजीको १ सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयरमा पौष २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशनका लागि बैंकले मंसिर २४ गते शुक्रबार बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्