नेप्सेमा उछाल ९० अंकले बढेर २५०७ अंकमा पुग्यो, ४ अर्ब ४२ करोडको कारोबार
काठमाडौं । साताको चौथौ दिन आज बुधबार शेयर बजारमा उछाल छाएको छ । यस दिन शेयर बजार ९०.१६ अंकले बढेर परिसुचक २५०७.७० अंकमा पुगेको छ । यस दिन सबै समुह बढेर हरियाली भएको हो । स्थानिय तहको बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन जारी गरेपछि शेयर बजारमा फेरी हरियाली छाएको हो ।
आज दिनभर २ सय ३३ कम्पनिको ८ करोड १० लाख ४ हजार ३ सय १९ कित्ता शेयर ५५ हजार ९ सय ९७ पटक किनबेच हुदा ४ अर्ब ४२ करोड ३३ लाख ८ हजार १ सय ४३ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ४ कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाईडोपावार डेपलोमेन्ट बैंक, सिभम सिमेन्ट, अपर तामाकोशि हाईड्रोपावर र बरुन हाईड्रोपारका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।













