लक्ष्मी बैंकको साधारण सभा आज हुँदै, ११.५ प्रतिशत लाभांश पारित गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लक्ष्मी बैंकको साधारण सभा आज हुँदै, ११.५ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा पौष ८ गते बोलाएको थियो । बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७–०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गर्ने, बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आव २०७८–०७९ का लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, सञ्चालक समिति तथा अन्य समिति उपसमितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने, बुँदा नं (१), (२) र (३) सम्बन्धी प्रस्ताव कार्यान्यनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी दिने र लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने तथा बैंकले अन्य कुनै सस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्