२० प्रतिशत लाभांश पारीत गर्न कुषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२० प्रतिशत लाभांश पारीत गर्न कुषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौ । कुषि विकास बैंकले साधारण सभा बोलायको छ । बैंकले पुस २९ गते १५ औं साधारण सभान बोलाएको हो । हिजो बसेको बैंक संचालक समितिको बैठकले १५ औं साधारण सभा केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ गते गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्ने

त्यस्तैगरी बोनस शेयर प्रदान गरिएकोमा सो समेत समायोजन हुने गरि बैंकको अधिकृत पूंजी तथा जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रवन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा / नियम एवं उपदफा / उप–नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्तावहरु साधारण सभामा पेश हुने छ ।

प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा या नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस १६ गतेबाट बुक क्लोज गर्ने छ । तसर्थ पुस १५ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्