मञ्जुश्री फाइनान्सले डाक्यो पुस २९ गते साधारण सभा, ४६ प्रतिशत लाभांश पारीत गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मञ्जुश्री फाइनान्सले डाक्यो पुस २९ गते साधारण सभा, ४६ प्रतिशत लाभांश पारीत गर्ने



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा डाकेको छ । फाइनानसले पुस २९ गते गते १४ औं साधारण सभा बोलाएको हो ।

साधारण सभा पुस २९ गते काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे शुरु हुने छ । साधारण सभाले ४० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि ६ प्रतिशत नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

सभामा यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि फाइनान्सले पुस १५ गते बुक क्लोज गर्ने छ । तसर्थ पुस १४ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्