लक्ष्मी बैंकका सीईओ शाहले ३ बर्षमा साढे ४ करोड रुपैयाँ पारिश्रमिक बुझे, अन्य हाकिमको कति ?
काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अजय विक्रम शाह विगत ३ बर्षदेखि कार्यरत छन् । २०७५ साल कात्तिकदेखि सीईओमा नियुक्त भएका अजय विक्रम शाह लक्ष्मी बैंकमा झण्डै २ दशकदेखि काम गरिरहेका छन् ।
शाह सीईओमा नियुक्त हुनुअघि हाल एभरेष्ट बैंकका सीईओ रहेका सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए । शाहको बैंकिङ करियरको सुरुवात स्यान्डर्ड चार्टर्डबाट हो । स्यान्डर्ड चार्टर्ड बैंकमा १० बर्ष काम गरेका सीईओ शाह लक्ष्मी बैंकमा १८ बर्षदेखि कार्यरत छन् ।
सीईओ शाहले गत आर्थिक बर्ष २०७७–७८ मा १ करोड १८ लाख १० हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता वापत बुझेका छन् । सीईओ शाहले गत आर्थिक बर्ष २०७७–७८ को अषाढ मसान्तसम्ममा तलव तथा भत्ता वापत १ करोड १५ लाख १५ हजार रुपैयाँ र अन्य सुविधा वापत २९ लाख ५६ हजार रुपैयाँ गरी कूल १ करोड १८ लाख १० हजार रुपैयाँ रकम बुझेका छन् । अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा बैंकका सीईओ शाहले तलब तथा भत्ता वापत १ करोड ९ लाख ८० हजार रुपैयाँ र अन्य सुविधा वापत ३३ लाख २३ हजार रुपैयाँ गरी कूल १ करोड ४३ लाख ३ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
त्यस्तै, सीईओ शाहले आर्थिक बर्ष २०७५–ं७६ मा तलव तथा भत्ता वापत १ करोड २३ लाख ५४ हजार रुपैयाँ र अन्य सुविधा वापत ४५ लाख १ हजार रुपैयाँ गरी १ करोड ६८ लाख ४६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । यसमा पूर्व सीईओ सुदेश खालिगंलाई पनि प्रदान गरिएको पारिश्रमिक तथा भत्ता समेत समावेश छ ।
सीईओ शाहले ३ आर्थिक बर्षमा तलब तथा भत्ता र अन्य सुविधावापत ४ करोड ५६ लाख २९ हजार बढी पारिश्रमिक बुझेका छन् ।
अन्य मुख्य व्यवस्थापकहरुको तलब
त्यस्तै, बैंकले अन्य मुख्य व्यवस्थापकहरुलाई आर्थिक बर्ष २०७७–७८ मा तलब तथा भत्ता वापत ६ करोड ७२ लाख ९२ हजार रुपैयाँ र अन्य सुविधावापत १ करोड ३९ लाख ३५ हजार रुपैयाँ गरी कूल ८ करोड १२ लाख २७ हजार रुपैयाँ पारिश्रमिक दिएको छ ।
त्यस्तै, बैंकले अन्य मुख्य व्यवस्थापकहरुलाई आर्थिक बर्ष २०७६–७७ मा तलब तथा भत्ता वापत ५ करोड ७५ लाख ४१ हजार रुपैयाँ र अन्य सुविधावापत १ करोड ७४ लाख ३३ हजार रुपैयाँ गरी कुल ७ करोड ४९ लाख ७४ हजार रुपैयाँ पारिश्रमिक दिएको छ ।
त्यस्तै, बैंकले अन्य मुख्य व्यवस्थापकहरुलाई आर्थिक बर्ष २०७५–७६ मा तलब तथा भत्ता वापत ४ करोड ९७ लाख १८ हजार रुपैयाँ र अन्य सुविधावापत १ करोड ४२ लाख १२ हजार रुपैयाँ गरी कूल ६ करोड ३९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक दिएको छ ।














