साताको अन्तिम दिन १२ अंकले बढ्यो नेप्से, ४ अर्ब ४९ करोडको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साताको अन्तिम दिन १२ अंकले बढ्यो नेप्से, ४ अर्ब ४९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज विहिबार नेप्से १२ अंकले बढेको छ । उतारचडावका विच १२.५३ अंकले बढेर नेप्से परिसुचक २५२०.२३ अंकमा पुगेर बजार बन्द भएको छ । आज दिनभर नेप्से घटबढ हुदै १२ अंकमा पुगेर बन्द भएको हो । फाइनान्स हाईड्रा्ेपावार र विकास बैक बाहेक सबै समुहमा हरियाली छाएको छ ।

दिनभर २ सय २९ कम्पनिको ८ करोड ३२ लाख ३ हजार ९ सय २३ कित्ता शेयर ५९ हजार ८ सय पटक किनबेच हुदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि निर्जिवन विमा समुह सबै भन्दा बढि बढेको छ । निर्जिवन विमा समुह ३८१, जिवन विमा समुह २०२, उत्पादन ६४, माईक्रोफाइनान्स ४३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्