लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्