३ कम्पनिको सेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । ३ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । आज शुक्रबार ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि ३ कम्पपनिले आज बुक क्लोज गरेसंगै नेप्सेले बोनश शेयर समायोजन गरि नयाँ शेयरमुल्य समायोजन गरेको छ ।
आज नेप्सेले ज्योति विकास बैंकको ११ प्रतिशत बोनसपछि प्रतिकित्ता ४०३.१५ रुपैयाँ, एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनस शेयरपछि १०५३.५० रुपैयाँ र सूर्या लाइफको १२.७० प्रतिशत बोनस सेयर समायोजन पछि ६३८.८६ रुपैयाँ निर्धारण गरेको छ ।
हिजो तिन कम्पनिको क्रमश ४४७.५० रुपैयाँ, १२८० रुपैयाँ र ७२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । हिजो विहिबारको अन्तिम कारोबारमुल्यलाई आधार मानेर नयाँ मुल्य निधार्रण भएको हो ।
आइतबार ३ वटै कम्पनिको शेयर समायोनजीत मुलयको आधारमा दोस्रो बजारमा कारोबारमा आउने छ ।













