कालिका पावरको १५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौ ।कालिका पावर कम्पनी लिमिटेडको लाभांश घोषणा भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले गत अर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजी ६० करोड रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित कुल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको अउदो वार्षिक साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् । त्यस्तै हिजै बसेको संचालक समितिको बैठकले पुस ३० गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेबाट सुरु हुने छ ।
सभाले संचालक समितिले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारीत गर्ने छ । साधारण सभा तथा लाभांश वितरण गर्ने इनस्योरेनसले १९ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ १८ गते आइतबारसम्म नेपसेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।














