लुम्बिनी विकास बैंकको लाभांश अनुमोदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लुम्बिनी विकास बैंकको लाभांश अनुमोदन



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको शुक्रबार सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १३ प्रतिशत बोनस सेयर सहित कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पनि अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्