इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारीत गर्न हिमालय बैंकले बोलायो साधारण सभा
काठमाडौं । हिमालयन बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३० गते केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजे बाट २९ औं साधारण सभा बोलाएको हो ।साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश वितरण गर्ने छ भने नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने मुख्य प्रस्तावहरु रहेका छन् ।
बैंक संचालक समितिले हाल कायम चुक्ता पुजीको २१.३८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैकले आजबाट बुक क्लोज गरेको छ । मर्जरको लागि बैंकले बैशाखदेखि शेयर कारोबार रोक्का रहेको छ ।













