‘कामना सेवा फुट्सल कप २०२१’ को उपाधी सिद्धार्थ बैंकलाई - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘कामना सेवा फुट्सल कप २०२१’ को उपाधी सिद्धार्थ बैंकलाई



काठमाडौं । “स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने नारा आत्मसात गरी कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुट्सल कप २०२१’ को आयोजना गरेको छ । ‘कामना सेवा फुट्सल कप २०२१’ प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले हात पारेको छ ।

शनिबार हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई–दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो ।

निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्र्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बनेको हो । प्रतियोगितामा माछापुच्छ्रे्रका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल लगायतले मेडल, ट्रफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्