बिना लाभांश मैलुङ्ग खोला जलविद्युतले बोलायो साधारण सभा
काठमाडौं । मैलुङ्ग खोला जलविद्युतको सेयरधनीले लाभांश नपाउने भएका छन् ।
कम्पनीले लाभांश बिना नै पुस ३० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नुको साथै वाषिृक प्रतिवेदन पारित गर्ने लगायत अन्य एजेण्डाहरु पारित गर्नेछ ।
कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस २१ गते बुधबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजको आधारमा मंसिर २० गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।













