३ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन , कुनको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन , कुनको कति ?



काठमाडौं । ३ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । यस दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

भोली सोमबार ३ कम्पनिले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज मिति तय गरेका छन् । तसर्थ आजसम्म नेप्सेमा सुचिकुत भई कारोबार भएका शेयरधनीहरुले कम्पनिको प्रस्तावित लाभांश पाउने छन् ।

एनसिसि बैंकले हाल कायम चुक्ता पुजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.०४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्न बैंकले पुस २९ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

महुली लघुवित्तले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पुस २४ गते हुने साधारण सभाले पारी गर्ने छ ।

त्यसैगरी विजय लघुवित्तले चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस २४ गते हुने साधारण सभाले प्रस्तावित लाभांश पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्